Pages

Sunday, 17 January 2010

पिडाहरु....


दुखै दुख भएपनि, सुखै सम्झेर जिएको छु
आसुका धारा झरेपनि,हासो सम्झेर पिएको छु
दुनिया नै झुटो रैछ,तैपनि
छाती माथि ढुगां राखि,अझसम्म बाचेकै छु


मनका पिडा सुनिदिने,कोहि भएन मेरो
मनका पिडा लुकाएर,बाहिरी हासो हासेकै छु
दुखै दुख भएपनि सुखै सम्झेर जिएको छु



सुख मिल्ने आशमा,आफैलाई बर्बाद गरे मैले
भुलको सजाय,अहिले पनि काटेकै छु
मर्न त एकदिन,सबैलाई पर्छ
तैपनि बाच्ने आशा,राखेकै छु
दुखै दुख भएपनि,सुखै सम्झेर जिएको छु
आशुका धारा झरेपनि,हासो सम्झेर पिएको छु



अर्काको जोडी देख्दा,कसलाई डाह लाग्दैन र
कसैको दिलको राजकुमार बन्ने,चाह लिएकै छु
यो जमानामा मन होइन,धन ठुलो रहेछ
धन कमाएर सुन्दर घर बसाउने,सपाना बोकेकै छु
दुखै दुख भएपनि,सुखै सम्झेर जिएको छु
आसुका धारा झरेपनि,हासो सम्झेर पिएको छु

1 सुझाव दिनुहोस: