Pages

Thursday 14 January 2010

तितो सत्य(मेरा भनाई)

<> सफलताको लागि कुनै पनि कुराको गहिराईमा पुग्नु जरुरी छ।
<> सत्य जहिले पनि तितो हुन्छ।
<> अरुलाई ढाटे पनि आफुले ढाट्न सकिदैन।
<> आफ्नो हकहितको लागि अरु होइन आफुनै उठ्नुपर्छ।
<> सुरुवात तिमि गर साथ सबै दिनेछन।
<> संसारमा बाचेर देखाउनु नै ठुलो कुरा हो।
<> अशान्तिले युद्द निम्त्याउछ।
<> माया गर्नु पाप होइन बरु घूणा गर्नु पाप हो।
<> अरुको मन जित्न्नु नै उसको मनमा बास पाउनु हो।
<> भगवान माथि बिश्बास गर्नेले मन्दिरमा पुजा गर्नु पर्दैन,सिर्फ़ मनको मन्दिरमा
पुजा गरे पुग्छ।
<> रिसले आफैलाई जलाउछ।
<> गीत कल्पनाको उपज हो।
<> माया यस्तो चिज हो जसलाई न त देखन सकिन्छ, न त तराजुमा तौलन सकिन्छ
मात्र यसलाई अनुभव गर्न सकिन्छ।
<> जिवन खोला हो, जुन बगेपछि फ्रर्केर आउदैन।
<> धनको घमन्ड देखाउने मानिस एकदिन गरीब को शरणमा जानुपर्ने हुन्छ।
<> हरेक कुराको समाधान हुन्छ, किनकि जहा प्रश्न्न हुन्छ त्यहा उतर पनि हुन्छ।

0 सुझाव दिनुहोस:

Post a Comment