Pages

Sunday 17 January 2010

पिडाहरु....


दुखै दुख भएपनि, सुखै सम्झेर जिएको छु
आसुका धारा झरेपनि,हासो सम्झेर पिएको छु
दुनिया नै झुटो रैछ,तैपनि
छाती माथि ढुगां राखि,अझसम्म बाचेकै छु


मनका पिडा सुनिदिने,कोहि भएन मेरो
मनका पिडा लुकाएर,बाहिरी हासो हासेकै छु
दुखै दुख भएपनि सुखै सम्झेर जिएको छु



सुख मिल्ने आशमा,आफैलाई बर्बाद गरे मैले
भुलको सजाय,अहिले पनि काटेकै छु
मर्न त एकदिन,सबैलाई पर्छ
तैपनि बाच्ने आशा,राखेकै छु
दुखै दुख भएपनि,सुखै सम्झेर जिएको छु
आशुका धारा झरेपनि,हासो सम्झेर पिएको छु



अर्काको जोडी देख्दा,कसलाई डाह लाग्दैन र
कसैको दिलको राजकुमार बन्ने,चाह लिएकै छु
यो जमानामा मन होइन,धन ठुलो रहेछ
धन कमाएर सुन्दर घर बसाउने,सपाना बोकेकै छु
दुखै दुख भएपनि,सुखै सम्झेर जिएको छु
आसुका धारा झरेपनि,हासो सम्झेर पिएको छु

Saturday 16 January 2010

जोडिनुहोस संसारको कुनै पनि कम्पयुटरसंग


TeamViewer यस्तो Software हो जसले तपाईलाई कुनै पनि computer को फाइल
sharing गर्ने facility दिन्छ,यसका लागि दुबै क्म्पयुटरमा TeamViewer install गरिएको
हुनुपर्दछ,यो software ले तपाईलाई username र पासवर्ड प्रदान गर्दछ,सो साथि संग
Share गर्नुहोस,जुन अर्को साथिले तपाईलाई access गर्न प्रयोग गर्दछ!
यो software बाट तपाईले file share तथा desktop share गर्न सक्नुहुनेछ,साथै
अरु teamviewer user सित पनि interact गर्न सक्नुहुनेछ!
यो software ले desktop share गर्न दिने भएकाले तपाईले साथिको कम्पयुटर control
गर्न सक्नुहुनेछ,मात्र mouse को सहायताले....यो software फ्रिमा उपलब्ध छ,
डाउन्लोड गर्न तल लिंकमा click गर्नुहोला।
यहा दाबनुहोस

Friday 15 January 2010

चलाउनुहोस धेरै Yahoo Messenger एउटै पिसिमा





















के तपाई याहू का धेरै id एउटै पिसिमा चलाउन चाहानुहुन्छ, यो मात्र Regedit बाट पाउन सक्नुहुन्छ!
यसका लागी निम्न step follow गर्नुहोस !
१-Start बटन click गर्नुहोस, अनी Run मा जानुहोस टाइप Regedit र Enter गर्नुहोस
२-तपाई ले Registry Editor को Window देखनु हुनेछ,
जानुहोस: HKEY_CURRENT_USER > Software > Yahoo > pager > Test
३- दाया तर्फ right-click गर्नुहोस र नया Dword value छान्नुहोस
४-यसलाई plural नया नाम दिनुहोस
५-अब यसमा double click गर्नुहोस र यसको Decimol Value १ दिनुहोस
६-अब Registry Editor बन्द गर्नुहोस,अनी yahoo messenger खोल्नुहोस
अब तपाई धेरै id एकै साथ login गर्न सक्नुहुनेछ।
भएनकमाल...........!

केबल टिभिको मज्जा पिसि बाट,फ़्रि मा


















अब तपाईले केबल T.v को मज्जा आफ़्नो पिसि बाट लिन सक्नुहुन्छ,
त्यो पनि फ़्रि मा २००० भन्दा बढि channel हरु
अनि हजारौ fm लाइभ हेर्न अथवा सुन्न सक्नु हुन्छ!
यस अन्तर्गत तपाईले बिभिन्न category बाट channel select गर्न सक्नुहुनेछ!
यसका लागि वेब भिजिट गरिरहनु पर्दैन,मात्र सबै काम single software बाट हुन्छ!
Software डाऊनलोड गर्न तल लिकंमा क्लिक गर्नुहोला॥!










यहा क्लिक गर्नुहोस

नया भर्सन डाउनलोड गर्नुहोस

केही गजलहरु...

आजकालका केटीहरु















आजकालका केटीहरु,एकबित्ताको कपडा लाउन थाले
नागों शरीर देखाएर,यौन सन्तुष्टि पाउन थाले
नंगिनु थियो, सबै नंगाए हुन्छ,
हिड्दा पनि, मच्छेड दानी लाउन थाले

केटाहरुलाई आखा, मारी मारी
एकान्त पार्कमा, धाउन थाले
बाऊको पैसा,चोरी चोरी
बेसन पाउडर लाऊन थाले
कपडा लाउन,छोड्दा छोड्दै
ढुंगे युगमा अब आउन थाले

गाऊका झिल्के हेर्छन,मजा मानी मानी
मुफ़्तमा रोमान्चक दूश्य,पाउन थाले
गून्यो चोलो त हरायो,मोड्न बन्न
साडी छोडेर मिनिष्कट लाउन थाले

सोझो प्रेमि लाई धोका दिई दिई
गिनिज बुकमा नाम लेखाउन थाले
आफ्नै मनोमानी र,यही क्रियाकलापले गर्दा
रेपको उपहार पाउन थाले

Thursday 14 January 2010

नेपली सायरी


नदी लाई किनारको माया नलागेको होइन
तर के गर्नु किनार बाटै बग्नु परेको छ
मलाई तिम्रो माया नलागेको होइन
तर के गर्नु टाढा भै बस्नुपरेको छ


फुल त फुलै हो फोहरमा फुलेपनि
म तिम्रो तिमि मेरो हामी दुई नबोलेपनि

कप्युटर सम्बधि केही टिप्स:

१. Computer लाई fast गराउने केहि तरिका:

जब तपाईले Computer चलाउनु हुन्छ, तपाईले खोलेका file Temp,Recent folder मा रहनछन
यो फ़ाइल ले केहिन केहि रुप मा Computer लाई slow बनाउछ,त्यसकारण यसलाई २-३ भित्र फ्रि
गरिरहनु पर्द्छ। यसका लागि निम्न प्रकिर्या अपनाउनुहोस।

<>Click on start then Run, type "%temp%" then delete all file, if you are not able to delete
that file may be used by another program,just leave it.You see the message "Acess is denied"
means you can,t permission to delete.

Repeat same procedure for "temp" and "recent" folder and delete all file as possible.
Lastly empty the Recycle Bin.


२. Virus चिन्ने तरिका:











<>साबधान यदि फाइल भित्र उस्तै नाम को फाइल भए त्यो भाइरस हुनसक्छ।
<>कुनै फोल्डर ओरजिनल भन्दा अर्कै देखिएमा त्यो भाइरस हुन सक्छ।
<> यदि फोल्डर .exe form मा छ भने त्यो Virus नै हो।

तितो सत्य(मेरा भनाई)

<> सफलताको लागि कुनै पनि कुराको गहिराईमा पुग्नु जरुरी छ।
<> सत्य जहिले पनि तितो हुन्छ।
<> अरुलाई ढाटे पनि आफुले ढाट्न सकिदैन।
<> आफ्नो हकहितको लागि अरु होइन आफुनै उठ्नुपर्छ।
<> सुरुवात तिमि गर साथ सबै दिनेछन।
<> संसारमा बाचेर देखाउनु नै ठुलो कुरा हो।
<> अशान्तिले युद्द निम्त्याउछ।
<> माया गर्नु पाप होइन बरु घूणा गर्नु पाप हो।
<> अरुको मन जित्न्नु नै उसको मनमा बास पाउनु हो।
<> भगवान माथि बिश्बास गर्नेले मन्दिरमा पुजा गर्नु पर्दैन,सिर्फ़ मनको मन्दिरमा
पुजा गरे पुग्छ।
<> रिसले आफैलाई जलाउछ।
<> गीत कल्पनाको उपज हो।
<> माया यस्तो चिज हो जसलाई न त देखन सकिन्छ, न त तराजुमा तौलन सकिन्छ
मात्र यसलाई अनुभव गर्न सकिन्छ।
<> जिवन खोला हो, जुन बगेपछि फ्रर्केर आउदैन।
<> धनको घमन्ड देखाउने मानिस एकदिन गरीब को शरणमा जानुपर्ने हुन्छ।
<> हरेक कुराको समाधान हुन्छ, किनकि जहा प्रश्न्न हुन्छ त्यहा उतर पनि हुन्छ।

मेरा कबिता हरु...

कबि


















खोली सिर्जना पोका मिठो लहरमा
अनेक प्रकूति खेल छ्न
कबिको रहरमा

कबि सारासंसारलाई
देख्छ्न आफनै नजर तरंगले
देख्छन आश्चर्यले
सुन्दछन दंगले

कलपनाको सागरमा पौडी पौडी
हावाको झोकामा दौडी दौडी
चरीको चिरबिरमा, झरनाको बयानमा
खेल्दछ्न कबि प्रकूतिको देनमा

पुगि हिमचुलि शिखरमा
कहिले समुन्द्रको गहिराईमा
छल्काई छल्काई सिर्जना तरगं
चढाई मतिष्कमा नया नया रगं


बसन्त, शिशिर,शरद रितु
प्रकूतिको रुपमा रमि रमि
पनि खोज्दै छु
त्यो सुन्दर रुप भनि


हरपल कबि
प्रकूती सौन्द्र्यमा बास
छरेर चारै दिशा
सिर्जना प्रकाश

नोट:ब्याकरणमा गलत हुनसक्छ।

जिवन


















दूई दिने चोला
बगि जाने खोला
भन के होला ?

कहिले पुग्छ जिवन
जगंलको झाडी
कहिले तर्न तयार
उर्लेको बाढी

कस्तो यो जिवन
कहिले सराबी जस्तै झल्ली झल्ली
घुमेर एक्लै
गल्ली गल्ली

कहिले बहने आधी हुरी
भई अति खुशी
कहिले तुसारोको हुस्सी
भई अति दुखी

कहिले उडी आकाशमा
कहिले आखाको गाजलमा
सुर मिलाई गीतमा
घन्केर मादलमा



साथी
















ए साथी तिमी छौ भनि
आए है म त
तिम्रो हालचाल अहिले
भन के छ त ?

तिम्रै न्यानो मायामा
हुर्केको म साथी
लाग्छ मलाई
अति तिमी जाति

मेरो हूदय टुट्यो साथी
औषधि छ के रे त्यहा माथि
ल्याइदेउन गएर ए साथी
तिम्रै साथको गर्वले फुलेछ यो छाती



मेरो जन्मभुमि
















जन्मिएर हुर्के बढेको
मेरो प्यारो गाऊ
हरियाली धानका बाला झुलेको
स्वर्गसरि त्यो ठाऊ


नजरहरु सप्तरंगी डुलाउथे
प्रकूतिमा रमि रमि
लटपटिई धुलोमा खेल्द्थे
म झुमी झुमी

बोलाउथे झरनाहरुले, छागाहरुले
मेरो प्यारो नाऊ
प्रकूति रुपले सजिएको
मेरो प्यारो गाऊ

मेरो बास थियो त्यहा
खरायो पुतली खेल्दथे जहा
अतित मिठो त्यो बाल्यकालको
याद आयो बिर्सु कसरी मेरो जन्मभुमिको

गीत गाउथे सुर मिलाई चरीसगं
उडि उडि तरगंमा सबै पर्थे दगं
त्यो खोलावारी, त्यो खोलापारी
गरेर वारीपारी खेल्दथ्यौ लुकामारी

छोड्दा एकपल त्यो प्यारो ठाऊ
बिर्सन नसक्ने त्यो कस्तो गाऊ
मलाई उनै प्यारी जन्म धर्तीले
उतारिन सफल मैदानमा आफनै अर्तिले


जोश



जोशको त्यो बेलामा
गुमाउन पुग्यो होश
भुल गर्यो खनियो
उसैमाथि सबै दोष

जोशको मुहार फेरियो
होशमा त्यो आयो
भुल भयो भन्दै
पश्चताप गर्न लायो

ठोकी ठोकी भुईमा शिर
बेहोशी भई झरेछ भीर
गएर दिब्य सामु चढाई शिर
गरेछ भुलको उसले स्वीकार

छाती पिट्दै
खनायो स्राप आफै माथि
लट्पटिई भुईमा पल्टयो
पर्न थाल्यो राती

उठि बेहोशी भई
ठोक्न पुग्यो घण्टामा माथ
रगत का धारा
जलमल देबका माझ

देखेर यो दशा
पग्लिएछ भगवानको मन
दिएर एक माफ
भएछन बिलिन











Monday 11 January 2010

तपाईलाई म र तिमी मा स्वागत छ

तपाईलाई मेरो र तिम्रो मा स्वागत छ, जहा तपाई ले रोचक जानकारी को आन्नद लिन सकनुहुन्छ ! साथी कस्तो होला यो जिवन, एक्लै काटन गारो हुदो रहेछ, कसै को साथ ले नै जिवन पुर्ण हुदो रहेछ ,हार्दिक आभार म र तिमी मा॥!